सेती नदीमा माछा मार्न गएका मंगाको मृत्यु, सक्से बेपत्ता
पाेखरा | फागुन १४, २०८०
पोखरा: सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला परेका छन् ।
पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका २ जना मध्य १ जनाको शव गएराति फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एव्म प्रहरी निरीक्षक सुर्यबहादर रानामगरले जानकारी दिए ।
‘आइतबार बेलुका पोखरा स्थित सेती नदीमा माछा मार्ने क्रममा २ जना बेपत्ता भएको सूचना आएको थियो’, प्रहरी निरीक्षक रानामगरले भने, ‘माछा मार्ने क्रममा २ जना बेपत्ता भएको सूचनापछि खोजी कार्य गर्दा एकजना मृत फेला परेका छन् भने, अर्का एक जनाको खोजी कार्य जारी छ ।’
उनका अनुसार आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सक्से तामाङ बेपत्ता भएका थिए ।
सेती नदीमा बेपत्ता भएका मंगा तामाङलाई सशस्त्र प्रहरी बल, नम्बर २४ कालिका गण र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ः१० बजेको समयमा मृत फेला पारेको छ ।
यस्तै सेती नदीमा बेपत्ता सक्से तामाङको खोजी कार्य बिहानबाट पुनः सुरु भएको प्रहरी निरीक्षक रानामगरले जानकारी दिए ।
नदीमा मृत भेटिएका मंगा तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल छन् ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

